अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविरामको माग गरेपछि इजरायल एक्लियो

बिआरटीनेपाल २०८० चैत १४ गते ७:२३ मा प्रकाशित

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले इजरायल- हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको माग गर्न मतदान गरेको छ। अमेरिकाले भिटोको धम्की छोडेपछि इजरायल विश्व मञ्चमा एक्लिएको हो।मतदानको नतिजाले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच युद्ध सुरु भएदेखिकै सबैभन्दा बलियो सार्वजनिक झगडालाई स्थापित गरेको छ। उक्त मतदानमा अमेरिकाले भाग नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१४ अन्य परिषद् सदस्य राष्ट्रहरूले युद्धविराम प्रस्तावको पक्षमा मतदान गरेका थिए। मतदानको परिणाम सुनाइएपछि ताली गड्गडाहट सुनिएको थियो । इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकाले संयुक्त राष्ट्रसंघमा आफ्नो नीति त्यागेको आरोप लगाउनुभयो । नेतन्याहूको कार्यालयले आफ्ना दुई मन्त्रीहरूको वाशिंगटनको भ्रमण रद्द गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू