अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

‘कोका-कोला’ ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक : अनुसन्धान

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ५:३८ मा प्रकाशित

वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ वटा कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।हिजो प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ)लगायत १२ वटा अन्तर्राष्ट्रिय संस्थाले सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ वटा कम्पनी र १३ वटा कम्पनी एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ ।

अध्ययनअनुसार कोका–कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक रहेको छ । यसले विश्वव्यापी कुल प्रदूषणमा ११ प्रतिशत योगदान गरेको छ । त्यसपछि पेप्सीको पाँच प्रतिशत, नेस्ले र फ्रान्सेली खाद्य कम्पनी डेनोनको समान तीन प्रतिशत योगदान रहेको खबरमा उल्लेख छ । यो अनुसन्धान ८४ वटा देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित रहेको गरिएको थियो ।

सीएसआईआरओका अनुसन्धानकर्ता क्याथी विलिसले प्लास्टिक प्रदूषण पत्ता लगाउने क्षमता र जवाफदेहिता बढाउन प्याकेजिङको ब्रान्डिङमा सुधार ल्याउन अन्तर्राष्ट्रिय मापदण्डका लागि आग्रह गर्नुभयो । समग्रमा अनुसन्धानले वातावरणमा ब्रान्डेड र गैरब्रान्डेड प्लास्टिक प्रदूषणको मात्रा ५०–५० प्रतिशतमा विभाजित भएको फेला पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू