अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणको तयारीमा

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:०८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को महिना चीन भ्रमणको तयारी गर्नुभएको छ । रुसी समाचार एजेन्सी तासकाअनुसार पुटिन राष्ट्रपतिमा पाँचौँ पटक निर्वाचित भएपछि पहिलो विदेश भ्रमणको तयारीमा हुनुहुन्छ ।पुटिन गएको मार्चमा पाँचौँ पटक राष्ट्रपतिमा चयन हुनुभएको थियो । उहाँले अर्को महिना मे मा चीनको भ्रमण हुनसक्ने बताएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ पुगेको केही समयपछि पुटिनको पनि चीन भ्रमण हुन सक्ने सार्वजनिक भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थियो । रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । चीनले यसमा आफ्नो तटस्थता दाबी गरे पनि रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू