अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

यमनका हुथी विद्रोहीले झारे अमेरिकी ड्रोन

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ६:३८ मा प्रकाशित

यमनका हुथी विद्रोही समूहले अमेरिकाको सैन्य ड्रोन झारेको छ । यस्तै उनीहरुले अमेरिकी स्वामित्वको तेल कन्टेनरमा तोडफोड गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार अमेरिकाको एकक्यू नाइन नामको ड्रोन झारेका हुथीले अमेरिकी तेल कन्टेनरमा पनि तोडफोड गरेका हुन् ।अमेरिकाले इजरायलले गाजामा गरेको नरसंहारको पक्षमा समर्थन गरेको भन्दै हुथीले यस्तो आक्रमण गर्दै आएको छ । हुथीलाई अमेरिका तथा बेलायती हवाई हमला भए तापनि उनीहरुको आक्रमण नरोकिएको विश्व मिडियाहरुले सार्वजनिक गरिरहेका छन् ।

यस्तै हुथीले बेलायती स्वामित्वको इन्ड्रोमेडा स्टार नामको तेल कन्टेनरमा पनि प्रहार गरेको हुथीका प्रवक्ता याय सरीले बताएको अलजजिराले उल्लेख गरेको छ । इरानी समर्थन प्राप्त हुथीले अमेरिकी निशाना लक्षित गरेर लाल सागरमा तीन ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाले प्रस्ट गरेको छ । गत नोभेम्बर र फेब्रुअरीमा दुई अमेरिकी ड्रोन खसालेको हुथी विद्रोही समूहले शनिबार खसाएको यो तेस्रो ड्रोन हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू