अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

नासाले पृथ्वीका नदीहरूमा बग्ने पानीको अनुमान गर्ने

बिआरटीनेपाल २०८१ वैशाख १५ गते ५:५३ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष निकाय नासाले गरेको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । पृथ्वीको जलचक्र बुझ्न र ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न उपलब्ध पानीको विवरण महत्त्वपूर्ण रहेको नासाका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाको ‘स्ट्रिम–गेज’ मा विश्वभरका झन्डै ३० लाख वटा नदीलाई कम्प्युटर मोडेलहरूसँग जोडिएको छ । ‘स्ट्रिम गेज’ पानीको सतहको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।’नेचर जियोसाइन्स’ मा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कुल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी उपग्रहको तथ्याङ्कहरूबाट गर्न सकिने नासाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू