अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

शेयर बजार दोहोरो अंकले घट्यो, २ अर्ब साढे २३ करोडको कारोबार

बिआरटीनेपाल २०८० चैत १४ गते ७:१२ मा प्रकाशित

शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा झरेको छ । आज उत्पादन बाहेकका सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक,फाइनान्स र व्यापार समूहको शेयर उच्च अंकले घटेको छ ।

आज कालिका लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । आज ६० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू