अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

नागरिक उन्मुक्ति पाटीृको रञ्जिता पक्षद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

बिआरटीनेपाल २०८० चैत १४ गते ७:०८ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारका बिषयलाई लिएर नागरिक उन्मुक्ति भित्र दुई धार देखिएको छ। बुबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो।

२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना मात्र सहभागी थिए । यसैगरी सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ जना प्रदेश सांसद मध्य २ जना मात्र बैठकमा सहभागी भएका छन्। रञ्जिता पक्षले सुदूरपश्चिम प्रदेस सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेपनि संरक्षक रेशम पक्ष भने बैठकमा सहभागी भएन। रेशम चौधरी जापान भ्रमणमा रहेका र उनैले आफ्ना पक्षलाई रन्जिताले बोलाएको बैठकमा सहभागी नहुन भनेपछि रेशम पक्ष सहभागि नभएको स्रोतले जनाएको छ ।

नागरिक उन्मुक्तिको विवादका कारण सुदुरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वको बर्तमान सरकारलाई पनि बहुमत जुटाउन समस्या भएको छ भने नयाँ समिकरणलाई पनि संख्या जुटाउन थप जटिलता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू