अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

बिआरटीनेपाल २०८० चैत १४ गते ७:०० मा प्रकाशित

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको हो ।

महानिरिक्षक अर्यालले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताउनुभयो । उहाँले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताउनुभयो । उहाँले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताउनुभयो ।

महानिरिक्षक अर्यालले कानून व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरु कानुनी कारबाहीको दायरामा पर्ने गरेका बताउनुभयो । उहाँले आफूहरुले व्यवहार हेरेर भन्दापनि कानून हेरेर अगाडी बढ्नुपर्ने भन्दै व्यवहारिक कानून नहुँदा समस्या पर्ने गरेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू