अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

उपनिर्वाचन : इलाम–२ का लागि माओवादीबाट चारजनाको नाम सिफारिस

बिआरटीनेपाल २०८० चैत १३ गते ६:४७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोसी प्रदेश कमिटीले चारजनाको नाम केन्द्रमा सिफारिस गरेको हो । प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।

केन्द्रमा माओवादीले एमालेका उमेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा पनि छ । तर, प्रदेशका कार्यकर्ताको चाहनाअनुसार पार्टीको छुट्टै उमेदवार उठाउनु पर्ने विषय केन्द्रमा जानकारी गरिएको अध्यक्ष नेम्वाङले बताउनुभयो । “पार्टीको तर्फबाट छुट्टै उमेदवार बनाउनुपर्छ भन्ने हामीलाई कार्यकर्ताहरूको दबाब पनि छ । कार्यकर्ताको माग र चाहनाअनुसार हामीले उमेदवार सिफारिस गरेका छौँ,” उहाँले भन्नुभयो, “छुट्टै उमेदवार बनाउनुपर्छ भन्ने कुरा पार्टी अध्यक्षज्यूलाई जानकारी पनि गराएका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू