अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

धनगढीका मेयर हमालकी छोरी भारतमा सम्पर्कविहीन, खोजी गरिदिन अपील

बिआरटीनेपाल २०८० चैत १३ गते ६:२४ मा प्रकाशित

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा आफ्नो छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुभएको छ । उहाँले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताउनुभएको हो ।

छोरीको साथीबाट उनी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन हमालले अनुरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,’मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु। साथै मेरो कान्छी छोरी आरजु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाइल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू