अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

विराटनगर भन्सार कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८० चैत १३ गते ६:१७ मा प्रकाशित

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा समान आयात गर्ने देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरवहादुर वस्नेत र भंसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलविरुद्ध मुद्दा दायर गरको हो।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुुसार प्रमुख सापकोटाको मिलोमतोमा चीनबाट आयात भएको सामानको प्रज्ञापन पत्र नंः ७२६ मिति २०७९।०९।२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता पुष्टि भएको दाबी गरेको छ।

उक्त गैरकानुनी कार्य भएको सूचना बाहिरिएपछि २०७९ माघ १० गते नयाँ प्रज्ञापन पत्र ४०५७ दर्ता गरी गराई मिति सुरु घोषणा गरेको रकम अमेरिकी डलर ७३ हजार ४ सय ३२ मा ८६ हजार ९ सय ९ डलर मूल्य थप गरी गराई भन्सार प्रक्रिया पूरामा छिराएको आयोगको दाबी छ। उनीहरु विरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू