अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

‘नेपालको लेखा प्रणाली उत्कृष्ट पाएँ’ – उपाध्यक्ष (विश्व बैंक)

बिआरटीनेपाल २०८० चैत १२ गते ६:१८ मा प्रकाशित

विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताउनुभयो । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उहाँले भन्नुभयो, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।”

लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उहाँको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गर्नभयो।

मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिनुभयो । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष ध्यान दिँदै आएको उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू