अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

मस्को आतंककारी हमलाको निन्दा गर्दै इटालीद्वारा देशभर सुरक्षामा कडाइ

बिआरटीनेपाल २०८० चैत १२ गते ६:०० मा प्रकाशित

इटालीले उपनगरीय मस्को कन्सर्ट हलमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । साथै देशभरका प्रमुख यातायात, सांस्कृतिक र धार्मिक स्थलहरूमा सुरक्षा बढाएको छ । शुक्रवार भएको आतंकवादी हमलामा कम्तीमा १३७ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको रुसको अनुसन्धान समितिले जनाएको छ ।

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले आक्रमणलाई निर्दोष नागरिकहरूको नरसंहार भन्दै इटाली सरकारले आतंकवादको यो क्रुर कार्यको दृढता र पूर्ण रूपमा निन्दा गरेको बताउनु भयो । इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाले आक्रमणका पीडितहरूको पछाडि विश्व एकजुट रहेको र आतंकवादविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको बताउनु भयो ।

इटालीको आन्तरिक मन्त्रालयले शनिवार रोम र अन्य शहरहरूमा विमानस्थल, रेल स्टेशनहरू साथै प्रमुख सांस्कृतिक र धार्मिक स्थलहरूका संवेदनशील क्षेत्रहरूमा सुरक्षा स्तर बढाउन आदेश दिएको छ । मस्को आक्रमणपछिको सम्भावित जोखिमको विश्लेषण गर्न सोमवार विशेष बैठक बस्ने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू