अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

बिआरटीनेपाल २०८० चैत १२ गते ५:५९ मा प्रकाशित

आयरल्याण्डमा ३७ वर्षिय नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्न्ुहुने भएको छ । । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता चयन हुने पक्का भएसँगै आयरल्याण्डले युवा प्रधानमन्त्री पाउने भएको हो । वर्तमान सरकारका उच्च शिक्षा मन्त्री ह्यारिस संभवत अर्को महिना देशको प्रधानमन्त्री बन्नुहुने छ । उहाँले वर्तमान प्रधानमन्त्री लियो वराडकरलाई प्रतिस्थापन गर्नुहुने छ ।

गत बुधवार वराडकरले पार्टी नेता र प्रधानमन्त्री पद छाड्ने घोषणा गरेपछि आयरल्याण्डको सत्तारुढ दलले नयाँ नेताको चयन प्रक्रिया थालेको थियो । आइतबार मनोनयनन दर्ता गर्ने अन्तिम समयसम्म ह्यारिसको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मतरुपले दलको नेता र प्रधानमन्त्री बन्नुहुने भएको हो ।

वर्तमान प्रधानमन्त्री वराडकरले “व्यक्तिगत र राजनीतिक कारणले’’ राजीनामा दिएको र अब आफु देशको नेतृत्वका लागि उत्तम व्यक्ति नभएको प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू