अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

विश्वव्यापी बढ्दो तापक्रमले खाद्यबस्तुको मूल्य र समग्र मुद्रास्फीति बढ्ने

बिआरटीनेपाल २०८० चैत १० गते ८:५७ मा प्रकाशित

विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण आउँदा दिनमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने विज्ञ र यूरोपेली केन्द्रीय बैंकले गरेको नयाँ अध्ययन अनुसन्धानले देखाएको छ । कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा असर अलग–अलग भएपनि विशेषगरी विकासोन्मुख देशमा यसको महसुस हुने उल्लेख छ ।

खडेरी, ठूलो वर्षा, बाढी, लूजस्ता चरम मौसम गतिविधि तथा तापक्रम बढ्ने क्रमले खेती र खाद्यान्न उत्पादनसहित अर्थतन्त्रका प्रमुख क्षेत्रमा असर परिरहेको छ । यो नयाँ अध्ययनका लागि पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआइके) र यूरोपेली केन्द्रीय बैंकका शोधकर्ताले सन् १९९६ र सन् २०२१ बीच एक सय २१ देशमा ऐतिहासिक मूल्य र मौसमी तथ्याङ्क लिएका थिए ।

उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमबाट सन् २०३५ सम्म विश्वभर खाद्यान्नको मूल्य हरेक वर्ष एक दशमलव ४९ र एक दशमलव ७९ प्रतिशत अङ्कको बीचमा बढ्ने अनुमान गरेका छन् । समग्र मुद्रास्फीति भविष्यमा सबैभन्दा खराब स्थितिमा शून्य दशमलव ७६ र शून्य दशमलव ९१ प्रतिशत अङ्कबीच हुने अध्ययन अनुसन्धान प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू