अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

रुसमा ६० जनाको ज्यान जानेगरी भएको आक्रमणको जिम्मा आईएसले लियो

बिआरटीनेपाल २०८० चैत १० गते ७:५२ मा प्रकाशित

रुसमा ६० जनाको ज्यान जानेगरी भएको आक्रमणको जिम्मा आतंकवादी सङ्गठन, इस्लामिक स्टेट्स (आईएस)ले लिएको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा ६० जनाको ज्यान गएको छ भने १ सय ४५ जना भन्दा धेरै घाइते भएका छन् ।इस्लामिक स्टेटले यो घटनाको जिम्मा लिएको छ । रुसको गुप्तचार निकायले आक्रमणकारी भागेको र खोजी भइरहेको जनाएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो लागेको थियो ।

अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ । यसैबीच, नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ । सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । तीनै जनाले आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू