अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

सुनकाे भाउ १ हजार ३ सय रुपैयाँले घट्याे

बिआरटीनेपाल २०८० चैत ९ गते ५:४५ मा प्रकाशित

नेपाली बजारमा सुनको भाउ आज घटेको छ । आज सुनकाे भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू