अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

सात महिनामा ६० करोडको यार्सागुम्बा निर्यात

बिआरटीनेपाल २०८० फागुन २५ गते ६:५८ मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।

गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/ ०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो ।

परिमाणका आधारमा गत आर्थिक वर्षभरिको तुलनामा चालु आर्थिक वर्षको सात महिनामै करिब दोब्बर बढी यार्सागुम्बा निर्यात भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू