अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

नेपाल फाइनलमा ४ विकेटले पराजित, नेदरल्यान्ड्सले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:०९ मा प्रकाशित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए । नेदरल्यान्ड्स शीर्ष र नेपाल दाेस्राे स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू