अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

राष्ट्रिय भलिबल : गण्डकीले कर्णालीलाई हराएसँगै सेमीफाइनल समीकरण पूरा

बिआरटीनेपाल २०८० पुष २४ गते ६:२३ मा प्रकाशित

सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएकाे छ ।आज भएकाे लिग चरणकाे अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० काे साेझाे सेटमा हराएसँगै सेमीफाइनल समीकरण पूरा भएकाे हाे । गण्डकीले पहिलाे सेट २५–२१, दाेस्राे सेट २५–२१ र तेस्राे सेट २५–२१ ले जित्याे । गण्डकी समूह ‘बी’ काे उपविजेता बन्याे ।

यसअघि आजै भएकाे खेलमा काेशी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–११ ले जित्याे । पुलिस समूह ‘ए’ काे उपविजेता बन्याे । एपीएफ र आर्मी यसअघि नै सेमीफाइनलमा पुगिसकेका थिए । एफीएफ समूह ‘ए’ र आर्मी समूह ‘बी’ काे विजेता बनेकाे थियाे । प्रतियाेगितामा यी २ टाेली अपराजित हुन् ।

अब भाेलि हुने पहिलाे सेमीफाइनलमा एपीएफ र गण्डकी तथा दाेस्राे सेमीफाइनलमा आर्मी र पुलिसबीच खेल हुनेछ । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पर्सि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू