अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

एपीएफ र आर्मी राष्ट्रिय भलिबल प्रतियाेगिताकाे सेमिफाइनलमा

बिआरटीनेपाल २०८० पुष २३ गते ६:०४ मा प्रकाशित

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।आज सोमवार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क छ ।

आजै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुग्यो । आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ । गण्डकीको ३ खेलमा ६ अङ्क छ । यसैगरी आजै भएका खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायाे । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू