अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०८० पुष २१ गते ४:५९ मा प्रकाशित

आईसीसीले यही वर्ष जुन १ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । यस अनुसार भारत र पाकिस्तानका टोलीहरू जुन ९ मा न्युयोर्कमा लिग खेलका क्रममा आमनेसामने हुनेछन् ।प्रतियोगितामा भारतको यात्रा जुन ५ मा न्युयोर्कबाट सुरु हुनेछ । भारतका सबै लिग खेलहरू अमेरिकामा खेलिनेछन् । जसमध्ये तीन खेल न्युयोर्क र एक खेल फ्लोरिडामा हुनेछ । लिग खेलहरूमा भारतले जुन १२ मा अमेरिकाको न्युयोर्कमा र जुन १५ मा क्यानडाको फ्लोरिडामा सामना गर्नेछ ।

यस प्रतियोगितामा जुन १ देखि १८ सम्म चरणका खेलहरू र सुपर ८ चरणका खेलहरू जुन १९ देखि २४ सम्म खेलाइनेछन् । प्रतियोगिताको फाइनल जुन २९ मा बार्बाडोसमा हुनेछ । पहिलो सेमिफाइनल जुन २६ मा गुयानामा र दोस्रो सेमिफाइनल जुन २७ मा ट्रिनिडाडमा हुनेछ । आईसीसीले जारी गरेको कार्यक्रम अनुसार प्रतियोगितामा सहभागी कूल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू