अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० पुष २० गते ५:५४ मा प्रकाशित

अस्ट्रेलिया आईसीसीकाे टेस्ट क्रिकेट वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ । आईसीसीकाे पछिल्लाे वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटकाे वरीयतामा पहिलाे नम्बरमा पुगेकाे हाे । यस्तै भारत टेस्ट वरीयताकाे दाेस्राे स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्राे, चाैथाे र पाँचाैँ स्थानमा यथावत् छन् ।

टेस्ट वरीयताकाे ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जाेए रुट दाेस्राे र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्राे स्थानमा यथावत् छन् । टेस्ट वरीयताकाे बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसाे रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलाे, दाेस्राे र तेस्राे स्थानमा यथावत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू