अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

दक्षिण अफ्रिकालाई हराउँदै भारतले रच्याे इतिहास, केपटाउनमा पहिलाे जित

बिआरटीनेपाल २०८० पुष १९ गते ६:०१ मा प्रकाशित

दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएकाे छ । याेसँगै २ खेलकाे शृङ्खलामा १–१ काे बराबरी भएकाे छ । पहिलाे खेलमा दक्षिण अफ्रिका एक इनिङ्स र ३२ रनले विजयी भएकाे थियाे ।दक्षिण अफ्रिकाले दिएकाे ७९ रनकाे लक्ष्य भारतले दाेस्राे दिनकाे खाना समयपछि ३ विकेट गुमाएर भेटायाे । भारतका यशस्वी जयसवालले २८ रन बनाए । यस्तै कप्तान राेहित शर्मा १७ रनमा नट आउट रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडा, नान्द्रे बर्गर र मार्काे जनसेनले समान १ विकेट लिए ।

दक्षिण अफ्रिका दाेस्राे इनिङ्समा १ सय १ सय ७६ रनमा अल आउट भएकाे थियाे । दाेस्राे इनिङ्समा दक्षिण अफ्रिकाका एडन मार्करमले शतक बनाए । मार्करम १ सय ३ बलमा १ सय ६ रन बनाएर आउट भए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो ।

यसअघि केपटाउनमा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे इनिङ्समा ५५ रनमै अल आउट भएकाे थियाे । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जाेडे । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए ।

भारतले पहिलाे इनिङ्समा १ सय ५३ रन बनाएकाे थियाे । भारतका विराट काेहलीले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान राेहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जाेडे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडा, लुङ्गी एनगिडी र नान्द्रे बर्गेरले समान ३ विकेट लिए ।भारतले पहिलाे पारीमा ९८ रनकाे अग्रता लिएकाे छ । याे जितसँगै भारतले केपटाउनमा इतिहास रचेकाे छ । भारत केपटाउनमा टेस्ट क्रिकेट जित्ने पहिलाे एसियाली देश बनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू