अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

क्यानको वार्षिक खेल तालिका सार्वजनिक, नेपालले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने

बिआरटीनेपाल २०८० पुष १९ गते ५:२१ मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले आईसीसी विश्वकप लिग–२, टी–२०, एकदिवसीयलगायतका शृङ्खलालाई खेल तालिकामा समेटेको छ । नेपालले आउँदाे फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला खेल्ने तालिकामा उल्लेख छ । यी सबै खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ ।

यसैगरी क्यानले आफ्नो खेल तालिकामा आउँदाे मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू