अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

प्रिमियर लिगमा आज राती लिभरपुल र न्युकासल भिड्ने

बिआरटीनेपाल २०८० पुष १६ गते ६:०८ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा फुल्हमले आर्सनललाई २–१ ले हराएको छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलको पाँचौ मिनेटमै आर्सनलका बुकायो साकाले पहिलो गोल गरे । तर यसपछि घरेलु टोलीका राउल हिमिनेज र डे कोर्दोभा रिडले एक एक गोल गरेपछि आर्सनल २–१ ले पराजित भयो । लगातार दोस्रो हारसँगै आर्सनलको प्रिमियर लिग उपाधि यात्रामा धक्का लागेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३–१ ले हरायो । गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको एस्टन भिल्ला समान ४२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर सिटी र चौथो स्थानको आर्सनलको समान ४० अंक छ । प्रिमियर लिग फुटबलमा आज राती लिभरपुल र न्युकासल युनाइटेड भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू