अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

हृदय रोगको शल्य चिकित्सामा नयाँ सफलता

बिआरटीनेपाल २०८० पुष १४ गते ७:३८ मा प्रकाशित

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हृदय रोग शल्य चिकित्सामा नयाँ सफलता प्राप्त गरेको छ । केन्द्रमा १२ वर्षीय एक बालकको ‘ट्रिकस्पिड भल्भ’ पुरै निकालेर मुटुको बाहिरी खोल (पेरिकार्डियम) बाट भल्भ बनाइ प्रत्यारोपण गरिएको शल्यक्रिया सफल भएको हो । केही हप्ताअघि बालकको खुट्टामा चोट लागेर संक्रमण भएपछि उक्त संक्रमणले उनको ट्रिकस्पीड भल्भ नष्ट भएको थियो । डा. रवीन्द्र भक्त तिमलाको टोलीले उक्त भल्भ पुरै निकालेर मुटुको बाहिर पट्टी रहने खोल (पेरिकार्डियम) बेलनाकार भल्भ बनाइ प्रत्यारोपण गरेको थियो ।

उता भल्भले राम्रो काम गरेको हुनाले हप्तौंदेखि उच्च ज्वरो र हर्ट फेलियरले थलिएको उक्त बालक अपरेशनको ४८ घण्टामै वार्डमा सर्न सफल भएको छ ।यसैगरि ‘टेट्रालग अफ फेलोट’ भनिने रोगको काम नलाग्ने पल्मोनरी भल्भ निकाली मुटुकै दाँया भागको माथिल्लो कोष्ठबाट पल्मोनरी भल्भ बनाइ गरिएको प्रत्यारोपण पनि सफल भएको अस्पताल श्रोतले जनाएको छ ।

यी दुवै प्रविधि नेपालमै पहिलो पटक गरिएको जनाइएको छ । यी नयाँ प्रविधिले गर्दा ट्रिकस्पिड भल्भ पुरै नष्ट भएको र पल्मोनरी भल्भ काम नलाग्ने अवस्था भएको बिरामीलाई अप्रशनपछि शीघ्र स्वास्थ्य लाभ गर्न सहयोग पुग्ने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बाल हृदय प्रमुख डा.रवीन्द्र भक्त तिमलाले बताउनुभयो । मुटुको दाँया भागमा देव्रे भागमा जस्तो कृतिम भल्भ प्रत्यारोपण गर्दा निकै धेरै समस्याहरु आउने र बालक अवस्थामा कृतिम भल्भको आकार पनि नमिल्ने हुँदा मुटुकै खण्डबाट बनाइएको भल्भ बरदान साबित हुने डा. तिमलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू