अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

सन् २०२३ मा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा धेरै : डब्ल्यूएचओ

बिआरटीनेपाल २०८० पुष ८ गते ६:३९ मा प्रकाशित

लामखुट्टेबाट सर्ने डेङ्गीबाट यो वर्ष सन् २०२३ मा ५० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यस वर्ष ५० हजार जनाभन्दा धेरैले डेङ्गीबाट ज्यान गुमाएका छन् ।डब्ल्यूएचओले डेङ्गीको जोखिम पछिल्लाे वर्ष बढ्दै गएको र यसमा जलवायु परिवर्तन पनि आंशिक रूपमा कारण रहेको उल्लेख गरेको छ ।

उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फैलिने गरेको र डेङ्गीको सङ्क्रमण बढेको डब्ल्यूएचओले जनाएको छ । विश्वका चार अर्ब मानिस डेङ्गीको जोखिममा रहेका र सङ्क्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने गरेका छन् । लक्षणविहीन सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको छ ।

डेङ्गीको कुनै खास उपचार नभएकाले, प्रारम्भिक पहिचान र डाक्टरको निगरानीमा हुने उपचारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू