अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

बलिहाङ तङनाम न्युयोर्कमा सम्पन्न

बिआरटीनेपाल २०८० कार्तिक २७ गते १२:१६ मा प्रकाशित

न्युयोर्क । कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर स्थित गुल्शन टेरेसमा भव्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरी दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोस्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले सञ्चालन गर्नु भएको थियो ।

कियाचु अमेरिकाका अध्यक्ष दीपक थेबेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अमेरिका स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत विष्णु प्रसाद गौतम ज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो र कोलम्बिया युनिभर्सिटी न्युयोर्क अमेरिकाका प्रोफेसर डा. प्रेम फ्याक ज्युहरु विशिष्ट अतिथिको रूपमा उपस्थित हुनु भएको कार्यक्रममा अमेरिकामै चलयमान रहेका विभिन्न जातीय संस्थाहरू; मगर समाज अमेरिकाका अध्यक्ष अमृत रोक्का, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्व समिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, किरात राई सोसाइटी अफ अमेरिका (KRSA) का केन्द्रीय अध्यक्ष खगेन्द्र राई, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (newyork chapter UKROA) का अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष तोरण गुरुङ, UKROA newyork Chapter का भूतपूर्व अध्यक्ष एवं समाजसेवी केशवराम राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र संचारकर्मी विक्की पुलामी आदि अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

याक्थुङ लिम्बुका सन्तानका रूपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभूतिको रूपमा रहनु भएका विभूतिहरूको तस्बिरमा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुति पश्चात् संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्त्रित सम्पूर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भूतपूर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पूर्व सल्लाहकार लीला सिंघकको नेतृत्व र संस्थाका सुवास चोङ्बाङ, विष्णु चोङबाङ, मौसम ईङनाम, पूर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भिमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु, र सोनिया यकयुक लिम्बुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र लारिङगेक, नाम्लिङगेक (देउसी भैले) प्रस्तुत गरिएको थियो ।

कियाचु अमेरिकाको इतिहासमा पहिलो पल्ट, कियाचु बालबालिका विभागका सदस्यहरू बानु तुम्बाहाङफे, सजना लिम्बु, रिना थाम्सुहाङ, दीक्षा जबेगु एवं अभिभावकहरूको सकृयतामा याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभुसाको सम्बन्धमा केही ज्ञान होस, संस्कार संस्कृति परम्परा प्रति चासो गर्न हौसला मिलोस्, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस भन्ने उद्देश्यले बालबालिकाहरूको याक्थुङ लिम्बु भेषभुसा सानदार रूपमा प्रदर्शन भएको थियो । कियाचु अमेरिकालाई विगत लामो समय देखि विभिन्न तह तप्का र भूमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्‍याउनु भएका महानुभावहरू लीला सिंघक, विजेता थेबे, सुवास चोङबाङ, विष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भूपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बुलाई वहाँहरूले संस्थाको वृत्ति विकासका लागि पुर्‍याउनु भएको योगदानको कदर स्वरूप प्रमुख अतिथि, विशिष्ट अतिथिहरू मार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो । बलिहाङ तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दीपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भूमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पूर्ण पदाधिकारी ज्युहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिहरु, क्यामेरा म्यान ज्युहरु, संचारकर्मी ज्युहरु, खाना उपलध गराइदिने स्पाईसी नेपाल प्रति आभार, कृतज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।

बलिहाङ तङनामको दोस्रो खण्डमा याक्थुङ लिम्बु भेषभुसा प्रदर्शनीमा सहभागी हुनुभएका बालबालिका नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ्, मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे, सारङ लिम्बु, सारगोप बिसुङ्खे, निश्चय लिम्बु राई, हाङ्सा सुब्बा ,नियोन योन्जन ,साक्निम खिम्दिङ्, नैया लावती, नामहाङ चेम्जोङ्, मुक्कुम तुम्बाहाम्फे, लिलिन तुम्बाहाम्फे, स्वर्णिम लिम्बु राई, आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु , खेम्सेक मावो लिम्बु, साम्योङ थेवे, मिसाम खिम्दिङ्, हिल्ली इवाहाङ् लिम्बु, प्रनभी थेवे, मिङ्नाम सुब्बा, सेलिना सुब्बा, उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ् ,लासाङ सुब्बा,दिलना थेवे लाई संस्थाको अध्यक्ष दीपक थेबे ज्युबाट प्रमाण पत्र वितरण गरिएको थियो भने चर्चित मोडेल एवं नृत्याङ्गना सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान, गायक रेमोस अधिकारी लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया