अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

अर्थतन्त्रका मुख्य सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

बिआरटीनेपाल २०८० असोज ३० गते ७:०९ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार २ महिनामा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।यस्तै प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको २ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब १ करोड डलर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू