अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

२ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जानेको सङ्ख्यामा भने कमी

बिआरटीनेपाल २०८० असोज ३० गते ७:०८ मा प्रकाशित

चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेकाे हो ।गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियाे । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव ३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ जना कायम भएको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८ दशमलव ३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ । गएको वर्षको २ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७० प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू