अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

शेयर बजार २३ अङ्कले घट्याे

बिआरटीनेपाल २०८० असोज २९ गते ७:१० मा प्रकाशित

शेयर बजार आज साेमवार २३ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेकाे छ ।आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, हाेटल तथा पर्यटन, व्यापार, माइक्राेफाइनान्स, जलविद्युत् र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्राेपावर र हाथवे इन्भेस्टमेन्ट नेपालकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सकाे शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेकाे छ । आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंककाे प्रमाेटर शेयर ६ कराेड २४ लाख रुपैयाँमा किनबेच भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू