अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण

बिआरटीनेपाल २०८० असोज २६ गते ६:५९ मा प्रकाशित

सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले उल्लेख गरेको छ।गत अप्रिलमा आइएमएफले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेकोमा त्यसलाई घटाएको हो।सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ। गत अप्रिलमा गरेको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ५।१ प्रतिशत हुने मानिएको थियो। सन् २०२३ मा नेपालमा मूल्यवृद्धि भने ७.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। सन् २०२४ मा यो घटेर ६.७ प्रतिशतसमा सीमित हुनेछ।सन् २०२२ मा मुलुकको चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जिडिपी)को १२.७ प्रतिशतले नकारात्मक भएकोमा सन् २०२३ मा सुधार भएर यो सूचक १.५ प्रतिशतले मात्रै नकारात्मक हुने प्रक्षेपण गरिएको छ। चालु खाताले कुनै मुलकले गर्ने बस्तु वा सेवाको निर्यात र आयात बीचको अन्तरलाई देखाउँछ। अयातमा भइरहेको कटौतीले यसमा सुधार भएको हो।

समग्र एसियामा भने आर्थिक वृद्धिमा सुधार भइरहेको र यसको लाभ विश्व आर्थिक वृद्धिमा पनि देखिने आइएमएफले उल्लेख गरेको छ। तरपनि एसियाको वृद्धिदर सुस्त भइरहेको छ। एसियाका तीन ठूला राष्ट्रका उपभोक्ताको खर्चमा वृद्धि भइरहेकोले समग्र क्षेत्रमै सुधार देखिएको हो। यही कारण आइएमएफले समग्र एसियाको वृद्धि प्रक्षेपणमा संशोधन गरेको छैन। अप्रिलमा झै यस अक्टुबरमा गरिएको प्रक्षेपण अनुसार पनि एसियाको वृद्धिदर ४ प्रतिशत रहनेछ। सन् २०२४ को लागि गरिएको एसियाको वृद्धि प्रक्षेपण भने घटाएको छ।

सन् २०२४ मा एसियाको वृद्धिदर अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशतले घटेर ४।२ प्रतिशतमा सीमित हुने आइएमएफले उल्लेख गरेको छ। चीन, जापान र भारतमा आर्थिक सुधार देखिएकोले समग्र एसियाको अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको हो। ‘अहिले पनि यस वर्ष एसियाले विश्वको वृद्धिदरमा करिब दुई तिहाइ योगदान गर्नेछ, तर विचारणीय यो छ की यो क्षेत्रको वृद्धिदर यसअघि कोभिडकालिन समयअघि प्रक्षेपण गरिएकोभन्दा निकै कम छ र अहिले विश्वभर देखा परेका समस्याहरूले यसलाई थप प्रभाव पारेको छ’, आइएमएफको ब्लगमा उल्लेख गरिएको छ।

तेस्रो त्रैमासमा यो क्षेत्रको वृद्धिदर सुस्तिन र यहाँ भइरहेको लगानी घट्न थालेको र समग्र विश्व अर्थतन्त्रमै शिथिलता देखिएकोले बाह्य माग घटिरहेकोले पनि सन् २०२४ को लागि एसियाको वृद्धिदरको प्रक्षेपण घटाउनु परेको आइएमएफले स्पष्ट पारेको छ। आर्थिक वर्षको सुरूमा चीनमा आर्थिक वृद्धिदर राम्रो देखिए पनि घरजग्गाको समस्याको कारण यो क्षेत्रको वृद्धिदर पनि सुस्तिन थालेको हो।आइएमएफले सन् २०२३ मा चीनको वृद्धिदर अप्रिलमा गरेको प्रक्षेपणभन्दा ०.२ प्रतिशतले घटाएर ५ प्रतिशत हुने नयाँ प्रक्षेपण गरेको छ। भारतमा भने आर्थिक वृद्धि उच्च हुनेछ। अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.४ प्रतिशतले भारतको वृद्धिदर बढेर सन् २०२३ मा ६.३ प्रतिशत पुग्ने मानिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू