अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

चलचित्र ‘परदेशी–२’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०८० असोज १९ गते ५:४१ मा प्रकाशित

दसैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ । ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ ।

असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नारायण रायमाझीले निर्देशन गर्नुभएको छ । प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा छन् ।

‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङलाई यो चलचित्रमा पनि सोही भूमिकामा देख्न सकिन्छ । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेखेका हुन् ।

प्रतिक्रिया