अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

साहित्यकारत्रय विश्वेश्वरप्रसाद कोइराला, भैरव अर्याल, तथा माधव घिमिरेको सम्झनामा कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०८० असोज १४ गते २१:०२ मा प्रकाशित

डेनभर, कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले नेपाली साहित्यका तीन मूर्धन्य साहित्यकारहरू मनोवैज्ञानिक आख्यानकार विश्वेश्वरप्रसाद कोइराला, हास्यव्यंग्यकार भैरव अर्याल तथा राष्ट्रकवि माधव घिमिरेको सम्झनामा एक अनलाइन कवि गोष्ठी आयोजना गर्‍यो ।

कार्यक्रममा साहित्यकार पुष्पराज पौडेल तीनै जना स्रष्टाहरूमाथि रचना गरिएको छन्द कविताहरू प्रस्तुत गर्नुभएको थियो भने अनेसास बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्मा तथा साहित्यकार डा. सुशील ताम्राकारले उहाँहरूका विषयमा बोल्नुभएको थियो । यसै गरी कार्यक्रममा अनेसास कोलोराडो शाखा सल्लाहकार निर्मल प्याकुरेल, समीर आचार्य, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, अनेसास कोलोराडो शाखा पूर्वअध्यक्ष प्रभा आचार्य, केशव आचार्य, माधव शिवाकोटी, रमा पोखरेल, दीप्ति आचार्य, गङ्गा पौडेल, रन्जु आचार्य, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, मीना पौडेल, डा. भीमप्रकाश कट्टेल, अनेसास कोलोराडो शाखा पूर्वअध्यक्ष भूपेन्द्र महत, डा. खगेन्द्र दाहाल, दामोदर लुइटेल, पार्वती शर्मा, अनेसास कोलोराडो शाखा सल्लाहकार वासुदेव खनाल, गङ्गा अभिलाषी तथा उपेन्द्र घिमिरेले आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा भरतराज जोशी, श्रीराम लुइटेल, विकास त्रिपाठी, डा. शारदा काफ्ले त्रिपाठी र रामराज पौडेलको पनि सहभागिता थियो ।  कार्यक्रमको सञ्चालन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण अनेसास कोलोराडो शाखाको फेसबुक पेज मार्फत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू