अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

चुम्बन काण्डमा तानिएका रुबियल्सको राजीनामा

बिआरटीनेपाल २०८० भदौ २५ गते ६:२९ मा प्रकाशित

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले पदबाट राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ विजेता खेलाडीसँग चुम्बन काण्डमा तानिएका रुबियल्सले अन्तत पदबाट राजीनामा दिएको बताइएको छ । विश्व विजेता जेमी हर्मोसोलाई चुम्बन गरेको आरोपमा उनीमाथि विभिन्न निकायले अनुसन्धान अघि बढाएका थिए । देशभित्रै धेरै संस्था तथा फुटबलकर्मीले उनलाई बहिष्कार समेत गरेका थिए । चौतर्फी राजीनामाको चर्को दबाब भएपनि रुबियल्सले राजीनामा गर्न मानेका थिएनन् ।

स्पेनले महिला विश्वकपको उपाधि जित्दा समापन समारोहमा उत्साहित बनेका रुबियल्सले फरवार्ड हर्मोसोलाई गरेको चुम्बन विवादमा तानिएको थियो । हर्मोसोले गत मंगलबार अध्यक्ष रुबियल्समाथि कानुनी प्रक्रिया समेत अघि बढाएकी छिन् । रुबियल्सले फुटबल महासंघका कार्यवहाक अध्यक्ष पेड्रो रोचा समक्ष आफुले राजीनामा दिएको स्पष्ट पारेका छन् । ४६ वर्षका रुबियल्सले यूईएफको कार्यसमिति उपाध्यक्ष पदबाट समेत राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया