अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

म्यानमारविरूद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

बिआरटीनेपाल २०८० भदौ १७ गते ६:२९ मा प्रकाशित

म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

नेपालले म्यानमारसँग भदौ २२ र २५ गते उसैको भूमि याङ्गुनमा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ । घोषणा गरिएको नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल रहेका छन् । रक्षकमा सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामालाई समेटिएको छ ।

मिडफिल्डरको जिम्मा एरिक बिष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने उत्सभ राई र क्रितिशरत्न छुन्जुको काँधमा रहनेछ । यस्तै, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी,आशिष चौधरी, जिलेस्पीजंग कार्की, दीनेश हेन्जङ र हिसुब थपलियाले फरवार्डको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया