अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०८० भदौ १५ गते ८:२८ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गरिएको छ । २० वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको इंग्लिश टोली न्युकासल युनाइटेड कठिन समूहमा परेको छ । सन् २००३ पछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनौट भएको न्युकासलको समुह ‘एफ’ मा फ्रान्सको पेरिस सेन्ट जर्मेन, जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलान रहेका छन् ।

समुह ए मा जर्मनीको बायर्न म्युनिख, इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेड, डेनमार्कको एफ.सी कोपेनहेगन र टर्कीको गालातासारे रहेका छन् । समूह बी मा स्पेनको सेभिया, इंग्ल्याण्डको आर्सनल, नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभन र फ्रान्सको आर.सी लेन्स रहेका छन् भने समुह सी मा इटालीको नापोली, स्पेनको रियाल मड्रिड, पोर्चुगलको ब्रागा र जर्मनीको युनियन बर्लिन छन् ।

यसैगरि समुह डी मा पोर्चुगलको बेन्फिका, इटालीको इन्टर मिलान, अष्ट्रियाको साल्जबर्ग र स्पेनको रियाल सोसिडाड छ भने समूह ई मा नेदरल्याण्ड्सको फेयेनुर्ड, स्पेनको एट्लेटिको मड्रिड, इटालीको लाजियो र स्कटल्याण्डको सेल्टिक छन् । समूह जी मा इंग्ल्याण्डको म्यानचेस्टर सिटी, जर्मनीको आर.बी लाइप्जीग, सर्वियाको रेड स्टार बेलग्रेड र स्विट्जरल्याण्डको बि.एस.सी योङ ब्वाइज रहेका छन् ।

समूह एच मा स्पेनको बार्सिलोना, पोर्चुगलको पोर्टो, युक्रेनको शाख्तर डोनेस्क र बेल्जीयमको रोयल एन्ट्रेप रहेका छन् । समूह चरणका खेल सेप्टेम्बर १९ देखि डिसेम्बर १३ सम्म चल्नेछ । फाइनल खेल अर्को वर्ष जुन १ तारिखमा इंग्ल्याण्डको वेम्बले रंगशालामा हुनेछ ।

प्रतिक्रिया