अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

क्रिकेटमा ‘रेड कार्ड’ पाउँदै मैदान छाेड्ने पहिलाे खेलाडी बने नरायन

बिआरटीनेपाल २०८० भदौ ११ गते ६:३० मा प्रकाशित

क्रिकेटमा ‘स्लाे ओभर रेट’ का कारण पहिलाे पटक ‘रेड कार्ड‘ काे प्रयाेग भएकाे छ । वेस्ट इन्डिजकाे क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ‘रेड कार्ड’ काे प्रयाेग भएकाे हाे । आइतवार ट्रिनबागाे नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचकाे खेलमा राइडर्सले ‘रेड कार्ड’ पाएकाे हाे । नेभिस प्याट्रियट्सबीचकाे खेलमा बलिङ गरेकाे राइडर्स आफ्नाे अन्तिम तीन ओभरकाे खेल शुरु हुने बेलामा आवश्यक ओभर रेट भन्दा पछि थियाे ।

यही कारण अम्पायरले टिमलाई ‘रेड कार्ड’ देखाए र कप्तान कायरन पाेलार्डकाे आग्रहमा स्पिनर सुनिल नरायन मैदानबाट बाहिर जानुपर्‍याे । त्यसबेला नरायनले आफ्नाे चार ओभर पूरा गरिसकेका थिए । खेलकाे अन्तिम ओभरमा टिमले १० जना खेलाडीका साथ फिल्डिङ गरेकाे थियाे । याे खेलमा राइडर्स छ विकेटले विजयी भयाे । क्रिकेटमा ‘रेड कार्ड’ प्रयाेग भएकाे याे पहिलाे पटक हाे । यसअघि सीपीएलका प्रतियाेगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ काे नियम लागू गरिने बताएका थिए ।

प्रतिक्रिया