अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

चलचित्र ‘जय हो’ को गीत सार्वजनिक

बिआरटीनेपाल २०८० साउन १ गते ६:३६ मा प्रकाशित

नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जोमसोमको ‘डाँडैमा हिउँ खेल्न जाने की’ बोलेको चलचित्रको गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी छ भने भिडियोमा कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै संगीतकार गायक शम्भुजित बास्कोटाले नेपाली दर्शकहरुलाई राम्रो चलचित्रको खोजी रहेकाले दर्शकलाई राम्रो चलचित्र दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नलगेसम्म र सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न नसकेसम्म चलचित्र क्षेत्रको विकास गर्न नसकिने बताउनुभयो ।

मुस्ताङ र कास्कीका विभिन्न स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । चलचित्र आगामी भाद्र ८ बाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया