अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

मिसेस् एएनए-२०२३ को उपाधि कोलोराडोकी दीक्षा प्रधानलाई

बिआरटीनेपाल २०८० असार १८ गते २२:२६ मा प्रकाशित

कोलोराडो । मिसेस् एएनए-२०२३ दीक्षा प्रधान घोषित भएकी छन् । एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) दुई दिने सम्मेलन अन्तरगतको मिसेस् एएनए २०२३ गत शुक्रवार साँझ डेनभरमा सम्पन्न कार्यक्रममा ‘मिसेस् एएनए २०२३’ को उपाधि अरोरा कोलोराडोकी दीक्षा प्रधानले जितेकी हुन् । साथै उनले मिसेस् पपुलर, मिसेस् पर्सनालिटी र मिसेस् मस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारेकी छन ।

एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को आयोजना सम्पन्न प्रतियोगितामा आरती खड्का फस्ट रनर अप र सन्ध्या न्यौपाने सेकेन्ड रनर अप घोषित भएका छन् । त्यसै गरी मिसेस् पोजिटिविटीमा करिश्मा ढुङ्गाना र मिसेस् फोटोजेनिकमा आश्रिया खडका विजयी भएका छन ।

मिसेस एएनए २०२३ को भिडियो

निर्देशक तथा कलाकार हरिहर शर्मा, समाजसेवी तथा व्यवसायी सुनिल पाठक, निर्देशक तथा कलाकार कृष्ण मुरारी ढुङेल, मिसेस् एएनए-२०२२ विजेता सृष्टि उप्रेती शर्मा तथा चाँदनी जोशी निर्णायक रहेको प्रतियोगितामा परिचय, टयालेन्ट, प्रश्नोत्तरका चरणका आधारमा प्रतिस्पर्धीको बाह्य र आन्तरिक सौन्दर्यको मुल्याङकन गरिएको थियो ।

कोलोराडोको अरोरामा बसोबास गदै आएकी दीक्षाले उपाधि जितेको मिस एएनए अमेरिकामा रहेका विवाहित महिलाहरू बिचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता हो । एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को जुलाई १ र २ तारिकका दिन आयोजित नेसनल कन्भेन्सन अन्तरगतको यस प्रतियोगितासँगै सम्मेलनमा सबै उमेर समूह र वर्गका लागि प्रभावकारी विभिन्न बौद्धिक, साङ्गीतिक, साहित्यिक, युवा क्षेत्रसँग सम्बन्धी फोरम तथा कार्यक्रमहरू आयोजना भएका थिए । नेपाल क्यानडा लगायतका देश सँगै अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिमूलक बृहत् सहभागिता रहेको थियो ।

फोटो: प्रमोद भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू