अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

बालेनमाथि फिल्म बन्ने

बिआरटीनेपाल २०८० असार १० गते ६:५८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन्। शाहका कार्य समेटेर फिल्म निर्माण गर्न लागेको गिरीले घोषणा गरेका छन्। गिरीका अनुसार मेयर भएपछि बालेनले गरेका सकारात्मक कार्य समेटेर फिल्म बनाउन लागिएको हो। समाजका लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि सिनेमामा समेटिने गिरीले बताए।

फिल्ममा मेयर शाहको भूमिकामा खेल्ने कलाकार भने तय भइसकेको छैन। अहिले फिल्मको प्रारम्भिक काम भइरहेको गिरीले जानकारी दिएका छन्। विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ। निर्देशक गिरीकै कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्म चाँडै फ्लोरमा जाने पनि निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया