अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

श्रीलङ्काले यूएईलाई १ सय ७५ रनले हरायाे, हसरंगाले लिए ६ विकेट

बिआरटीनेपाल २०८० असार ४ गते ८:२० मा प्रकाशित

आईसीसी एकदिवसीय विश्व कप छनाेटमा श्रीलङ्काले यूएईलाई १ सय ७५ रनकाे ठूलाे अन्तरले हराएकाे छ ।  जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा श्रीलङ्काले दिएकाे ३ सय ५६ रनकाे विशाल लक्ष्य पछ्याएकाे यूएई ३९ ओभरमा १ सय ८० रन बनाउँदा अलआउट भयाे । यूएईका कप्तान मुहम्मद वसीम र वृत्य अरविन्दले समान ३९ रन बनाए । यस्तै अली नसीरले ३४ र रमीद शहजादले २६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरंगाले ६ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५५ रन बनायाे । श्रीलङ्काका ४ जना ब्याटरले अर्धशतक बनाए । उसका कुशल मेन्डिसले ७८, सदिरा समाराविक्रामाले ७३, पथुम निसांकाले ५७ र दिमुथ करुनारत्नेले ५२ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू