अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

पुरुष भलिबल : नेपाल पहिलाे खेलमै पराजित, मङ्गाेलियाले ३–१ ले हरायाे

बिआरटीनेपाल २०८० असार ३ गते ६:०० मा प्रकाशित

सेन्ट्रल एसियन भलिबल एसाेसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।

किर्गिस्तानमा आज आइतवार भएको खेलमा नेपाल मङ्गाेलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७-२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौथो सेटमा मङ्गोलिया २५-२० ले विजयी भयो ।

प्रतियाेगितामा अब नेपालले भाेलि साेमवार आयाेजक किर्गिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू