अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

सहिद स्मारक ए डिभिजन लिगः एपिएफसँग पराजित भएपछि जावलाखेललाई उपाधि होडमा धक्का

बिआरटीनेपाल २०८० जेठ १३ गते ८:१६ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार रहेको जावलाखेल लगातारको बराबरीले आजित थियो। तर शनिबार उसले यसअघि चार खेलमा पाएको एक अङंक पनि पाउन सकेन् अर्थात जावलाखेल एपिएफसँग पराजित हुन पुग्दा लगातार पछिल्ला पाँच खेलमा जितविहीन रहन बाध्य भयो। पराजित भएसँगै जावलाखेललाई उपाधि यात्रामा रहेको चर्चब्वाइजसँग अङ्क दुरी कम गर्ने मौका पुन एकपटक गुमायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दिनको पहिलो खेलमा एपीएफले जावलाखेलमाथि २–० को सहज जित निकाल्यो। एपीएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरे। खेलको २३ औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।

उनले शरन बिक्रम बस्नेतको क्रसलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा एपिएफले पहिलो हाफको इन्जुरी समयमा आवासको गोलमा अग्रता दोब्बर बनायो।खेलकव अन्तिम समयमा दुबै टिमका खेलाडी १० खेलाडीमा समेटिएका थिए। ८६ औं मिनेटमा एपीएफ र जावलाखेलका खेलाडीबिच मैदानमानै झगडा गरेपछि रेफ्री प्रकास नाथ श्रेष्ठले एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए। जारी लिगमा एपीएफको यो आठौं जित हो। एपीएफले २२ खेलमा २९ अंक जोडेको छ। पराजित जावलाखेलको भने यो लिगमा छैटौं हार हो। जावलाखेलको २२ खेलमा ३४ अंक छ। उ शीर्ष स्थानको चर्च ब्वाइज भन्दा ४ अङ्कले पछि छ।

 

प्रतिक्रिया