अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

‘ए’ डिभिजन लिगमा सातदोबाटोले थ्री स्टारलाई हरायाे

बिआरटीनेपाल २०८० जेठ ६ गते ८:५२ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटोले थ्री स्टारलाई २–० गोलले हरायो । सातदोबाटोका लागि दुवै गोल विलियम ओपोकुले गरे । जितसँगै सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा कायमै छ । २६ अङ्क रहेको थ्री स्टार पाँचौँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया