अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने खेलकुदमन्त्री लिम्बुको प्रतिवद्धता

बिआरटीनेपाल २०८० वैशाख २१ गते ६:१६ मा प्रकाशित

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ ।बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताउनुभयो ।उहाँले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुदमन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू