अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

सरकारले एसिसी कप जित्ने खेलाडीलाई जनही ६ लाख दिने

बिआरटीनेपाल २०८० वैशाख २० गते ७:१४ मा प्रकाशित

सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई पुरस्कार स्वरूप जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। यससँगै नेपाल एसिया कपका लागि छनौट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू