अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

‘चलचित्र बुलाकी’को प्रदर्शन रोकिने

बिआरटीनेपाल २०८० वैशाख ३ गते ७:४५ मा प्रकाशित

पर्याप्त शो नदिएको भन्दै निर्माण पक्षले नेपाली चलचित्र ‘बुलाकी’को प्रदर्शन रोक्ने निर्णय गरेको छ । गएको शुक्रबारदेखि उक्त सिनेमा प्रदर्शनमा छ । सोमबार ९भोलि०देखि ‘बुलाकी’को प्रदर्शन रोक्ने निर्णय गरिएको हो ।चलचित्र हल सञ्चालकले आवश्यक मात्रामा शो नदिएका कारण प्रदर्शन रोक्ने निर्णय गरिएको निर्देशक लक्ष्मण सुनारले बताउनुभयो । उहाँका अनुसार भोलिदेखि उक्त चलचित्र प्रदर्शन गरिने छैन ।

“हामीले प्रदर्शन रोक्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो “पछि पुनः रिलिज गर्ने वा प्रोजेक्टरमार्फत देखाउने भन्ने निर्णय गर्न बाँकी छ ।” ‘बुलाकी’का निर्माता टोपेन्द्र विष्ट हुन् । सिनेमामा सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ । यसअघि, चलचित्र ‘राधा’ निर्माण पक्षले पनि दोस्रो दिनमै प्रदर्शन रोकेको थियो ।

प्रतिक्रिया