अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

देश जहाँ छोयो त्यहीँ फाटेको छ- मन्त्री किराती

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:१८ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताउनुभएको छ । सोमवार काठमाण्डौमा आयोजित ६२ औँ रङ्गमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो ।

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो । उहाँले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताउनुभयो ।

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताउनुभयो । उहाँले बेरोजगार भएरमात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताउनुभयो । मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिने गरी काम हुन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू